ओखलढुङगामा एक व्यक्तिले आफ्नो श्रीमतीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेका छन् ।
जिल्लाको सिद्धिचरण नगरपालिका-११ सोब्रु बस्ने सोलुखुम्बु नेचा सल्यान गाउँपालिका घर भएका ६१ वर्षीय राम बहादुर राईले सामान्य घरायसी विवादमा श्रीमतीमाथि चिपट प्रहार गर्दा ३३ वर्षीया कल्पना खड्का राईको घटनास्थलमै निधन भएको हो ।
श्रीमती हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट खटिएको प्रहरीले राईलाई शुक्रबार साँझ पक्राउ गरेको छ ।