
काठमाडौं । संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) सहित भक्तपुरबाट एक व्यक्ति पक्राउ परेका छन् ।
रामेछाप दोरम्बा गाउँपालिका-६ घर भएका ३४ वर्षीय शुकलाल तामाङलाई छ केजी सालकको खपटासहित पक्राउ गरिएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले तामाङलाई भक्तपुर सुर्यविनायक नगरपालिका -८ कपाली चोकबाट मंगलबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
तामाङउपर आवश्यक कारबाहीको लागि आज डिभिजन वन कार्यालय भक्तपुर बुझाईएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।