झापमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ ।
बालिकालाई करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चित्र बहादुरले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गुरुङमाथि जबरजस्ती करणीमा मुद्दा चलाइने भएको छ । अदालतले उनी दोषी ठहर गरेको खण्डमा उनलाई १४ देखि १६ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।
पछिल्लो समयमा बालिका बलात्कारका घटना बढिरहेका छन् । बालिका बलात्कार न्यूनिकरण गर्न केटिएम दैनिकले बनाएको यो भिडिओ पनि हेर्नुहोस् ।