नाै वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१० खनाल बस्ती बस्ने ३४ वर्षीय विपुल राजवंशी रहेका छन्।
ती बालिकालाई उनकै घरमै ललाइफकाइ विपुलले वैशाख २५ गते बिहान जबरजस्ती करणी गरेको जाहेरी आएको प्रहरीले जनाएको छ।
राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीले सोमबार दिउँसो पक्राउ गरेको हो। पक्राउ परेका उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ।