पूर्वगृहमन्त्री तथा नेकपाका नेता वामदेव गौतमले आफ्नो नाममा आएका समाचारको खण्डन गरेका छन् ।
केही सञ्चारमाध्यममा वामदेव गौतम गृहमन्त्री बनेर जाँदै छन् भनेर प्रकाशित भएका समाचारको उनले खण्डन गरेका हुन् ।
नेपाल एकता राष्ट्रिय अभियानको संयोजकसमेत रहेका गौतमले सामाजिक सञ्जालमार्फत गलत भ्रामक र दूराशयषयुक्त समाचार प्रवाहित गरिएको हुँदा यस्ता भ्रामक समाचारमा विश्वास नगर्न अनुरोध गरेका हुन् ।
गौतमले फेसबुकमा लेखेका छन् “मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एक पटक सतहमा आएको छ। केही सञ्चार माध्यमले केपी वली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री बनेर वामदेव जादैँछन् भन्ने गलत भ्रामक र दुराशययुक्त समाचार प्रवाहित गरिएको छ। मेरा सबै मित्रहरूलाई यस किसिमका भ्रामक समाचारहरूलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु !”