वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान निर्वाचन आयोगमा दर्ता भएको छ।
गौतम संयोजक रहेको पार्टीले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। चुनाव चिह्न गोलाकारभित्र झुलेका धानका बाला पाएको छ।
उक्त दलमा वामदेवका छोरा हरिसदेव र पत्नी तुल्सा थापा पनि केन्द्रीय समिति सदस्यको रुपमा रहेका छन् । नेता गौतमले यसअघि नै नेकपा एमालेबाट अलगिएर नेकपा एकता अभियान गठन गरेका थिए ।
तत्कालीन नेकपा विघटन भएपछि गौतम नेकपा एमालेमा आवद्ध थिए । एमालेबाट राजीनामा दिएर गौतमले आफ्नै नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए ।