
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोली नेपालीहरूको महान चाड विजया दशमीमा सर्वसाधरणहरूलाई टिका लगाइदिने भएका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपतिले विशिष्ट व्यक्ति तथा इच्छुक सर्वसाधरणलाई टीका लगाइदिने भएका हुन्। टीका लगाउने विशिष्ट व्यक्ति र सर्वसाधारणका लागि समय निर्धारण गरिएको छ ।
इच्छुक विशिष्ट व्यक्तिहरु उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, केन्द्र सरकारका मन्त्री, प्रदेश प्रमुख, न्यायाधीशहरु, संघीय संसदका सांसद र संवैधानिक निकायका पदाधिकारीहरुलाई ७ गते दिउँसो २ बजेदेखि ३ बजे सम्मको समय निर्धारण गरिएको छ।
यस्तै, राष्ट्रपतिबाट टीका लगाउन इच्छुक सर्वसाधारणका लागि दिउँसो ३ बजेदेखि अपराह्न ५ बजे सम्मको समय निर्धारण गरिएको छ।
टीका लगाउन शितल निवास जाँदा प्रवेशद्वार नम्बर १ बाट जान र मर्यादित पोसाकमा उपस्थित हुन सूचना जारी गरिएको छ ।
