छोटो समयमै धेरै प्रशंसक बटुल्न सफल आँचल आफ्नो डेब्यु चलचित्र नार्इं न भन्नु लबाटै धेरैको नजरमा परेकी नायिका हुन् आँचल शर्मा । सबैसँग घुलमिल भैहाल्ने, बोलिहाल्ने आँचललाई पल शाहको प्रेमिकाको रुपमा धेरैले चिन्थे ।
आँचलको अभिनय एवं व्यवहारबाट प्रभावित भएर हरिवंश आचार्यले अहिलेसम्म यति जेन्टल नायिकासँग काम गर्ने मौका मिलेको छैन भन्ने कमेन्टसम्म गरेका थिए । अहिले उनले केही म्यूजिक भिडियोहरुमा अभिनय गरिरहेकी छिन् ।
डाक्टर उदिप श्रेष्ठसँग प्रेम सम्बन्धमा बाँधिएपछि उनी झन् चर्चामा आइरहन्छिन् । कहिले उदिपको पुर्व पत्नीको कुरा बाहिरिएर त कहिले उदिपकी प्रेमीका समेत रहेकी सिपोरा गुरुङको कारणले चर्चामा आइरहिन् । आँचललाई अहिले थुप्रै चलचित्रबाट अफर आइरहेका छन् तर कथा, भूमिका र टिम हेरेर मात्र अभिनय गर्ने पक्षमा छिन् उनी । परिवारलाई महत्व दिने आँचल आफ्ना बुवालाई सबैभन्दा नजिकको साथी मान्छिन् । आफ्नो खुसीको तुलनामा परिवारको खुसीलाई प्राथमिकता दिने आँचल भन्छिन्–दर्शकको मायाले नै अझ राम्रो अभिनय गर्ने हौसला मिलेको छ ।
आँचल शर्माको बास्तविक नाम आँचल दवाडी हो । उनको जन्म १८ मार्च १९९५ मा काठमाडौंमा भएको हो । नाई नभन्नु ल ४ बाट नेपाली फिल्मी उद्योगमा पाइला चालेकी आँचलका जोनी जेण्टलम्यान, शत्रु गते, दाल भात तरकारीमा उनको मुख्य भूमिका रहेको छ । फिल्मी क्षेत्रमा आउनुअगाडी उनले एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । नायिका आँचल शर्माको बिहे पार्टीको चर्चा चलचित्र बजारमा मात्र होइन, उनका फ्यानहरुमाझ पनि चलेको थियो । त्यस्को मुख्य कारण थियो । आँचलले लगाएको १६ लाख मुल्य परेको भनिएको लेहेङ्गा ।
थप तस्विरहरु हेर्नुहोस् ।
र यो पनि
विवाहपछि श्रीमान उदिपसँग खुलेकी आँचल शर्मा ( हेर्नुस तस्बिर )