नायिका आँचल शर्मा र उनका श्रीमान उदित श्रेष्ठ दशैं बिदा मनाउन विदेशतिर लागेका छन् । उनीहरू यतिबेला दुबईमा रमाइरहेका छन् । दुबई स्थित बुर्ज खलिफा क्षेत्रमा तस्बिर खिचाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
तस्बिर सार्वजनिक गर्दै आँचलले ‘मेरो मन पर्ने ठाउँ’ भन्दै क्याप्सन लेखेकी छिन् । पछिल्लो समय म्यूजिक भिडियोमा समेत व्यस्त रहँदै आएकी आँचलले डा. श्रेष्ठसँग २०७६ को चैतमा विवाह गरेकी थिइन् ।
बेला बेला चर्चामा आउने गरेका उनीहरूको जोडीलाई धेरैले रुचाएका छन् ।
यतिबेला श्रीमान उदीप श्रेष्ठसँग विदेशमा घुमघाम गरिरहेकी आँचललाई फ्यानले झन् झन् बोल्ड भएको भन्न थालेका छन्। किनकी बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चन्छ।
तर, आँचल झन्–झन् बोल्ड हुँदै गएको धेरैले महसुस गरेका छन्। के यो श्रीमान् उदीप श्रेष्ठको मायाको कमाल हो?
बिहेपछि आँचल शर्मा युट्युब च्यानलमा पहिलेको तुलनामा कम देखिन थालेकी छन्। अन्तर्वार्ता दिने क्रम पहिलेको तुलनामा रोकिएको छ।
आँचलमा अर्को परिवर्तन पनि आएको छ, त्यो हो फेसनको। आँचल विवाहअघि फेसनको मामलामा त्यति धेरै उम्दा लाग्दिन थिइन्। हेरिरहेकै, देखिरहेकै पहिरनमा देखिन्थिन्। तर, विवाहपश्चात भने उनको फेसनमा व्यापक परिवर्तन महसुस गर्न सकिन्छ।
पछिल्लो समय उनले सामाजिक संजालमार्फत सार्वजनिक गर्ने तस्बिरहरुले उनको पहिरनको यथार्थलाई दर्शाउँछ। उनका फ्यानले पनि पहिरनको खुलेर तारिफ गरेका छन्।