अभिनेत्री आँचल शर्माले राखिन् म्यानेजर !

अभिनेत्री आँचल शर्माले आफ्नो सहयोगका लागि म्यानेजर राखेकी छिन् । दुई महिना अघि शर्माले एक महिलालाई म्यानेजरको रुपमा नियुक्त गरेकी हुन् ।विवाह बन्धनमा बाँधिनुअघि आफ्नै सबै काम आफैं गर्ने उनले विवाहपछि म्यानेजरको व्यवस्था गरेकी हुन् । शर्मा गत वर्ष विवाह बन्धनमा बाँधिएकी थिइन् । हाल उनी म्युजिक भिडियोमा व्यस्त छिन् ।
शर्माले मिलन च्याम्सको निर्देशनमा बन्न लागेको एक चलचित्रमा निर्माण पनि गरेकी छिन् । उनै निर्देशको नयाँ चलचित्रमा पनि काम गर्ने उनको तयारी छ । विवाहअघि उनले ‘झिँगेदाउ’को छायांकन पूरा गरिसकेकी छिन् ।शर्माको सबैभन्दा पछिल्लो ‘चलचित्र दाल भात तरकारी’ हो । …