कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका ६८१ नेपाली आज स्वदेश फिर्ता हुने भएका छन् ।
भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बहराइनबाट १ सय ५० जनालाई लिएर नेपाल एयरलाईन्सको उडानबाट बिहान ८ बजेर १० मिनेटमा आउने छ ।
दिउँसो पौने दुई बजे पाकिस्तानबाट ७५ जनालाई लिएर हिमालयन एयरलाईनसको विमान आउने छ । त्यस्तै माल्दिभसमा रहेका १ सय ५६ जनालाई लिएर हिमालयन एअरलाईन्सकै विमान आउँदै छ ।
एयर अरेवियाको विमानबाट संयुक्त अरब ईमिरेट्स (यूएई)बाट १ सय ५० नेपाली स्वदेश फर्किनेछन् । यसैगरी कुवेतबाट जजीरा एयरको विमानले १ सय ५० जनालाई नेपाल ल्याउने तालिका रहेको छ ।
सरकारले प्राथमिकताको सूचीमा परेका नेपालीहरुको उद्दार जारी राखेको छ । नेपाल फर्किनेहरुको कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएकाहरुलाई मात्र स्वदेश फर्काइने छ ।