हिमालयन एअरलाईन्सका जहाजहरूमा यात्रा गर्ने यात्रुहरूको लागि थप सुविधा उपलव्ध हुने भएको छ ।
नेपाल–चीन संयूक्त लगानीको हिमालय एअरलाइन्स्ले यसै साता आफ्ना सबै जहाजहरूमा अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर जडान गरेको छ । यो एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सुचारु राख्न मद्दत गर्दछ ।
यात्रुहरूलाई यो सुविधा दिने हिमालय एअरलाईन्स राष्ट्रकै पहिलो र एक मात्र एअरलाइन्स् कम्पनी भएको दावी गरिएको छ । अहिले उक्त एअरलाईन्स सँग तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९ गरी चार वटा जहाजहरू छन् । सवै जहाजहरूमा यो सुविधा उपलव्ध हुने एअरलाईन्सले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर मध्य आकाशमा जहाज उडिरहँदा भवितब्यबस यदि कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता विरामीको निदान गरी ज्यानै जान लागेको ब्यक्तिलाई बचाउने कार्य गर्दछ ।
यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यस मसिनको सहायताले बिरामीको जीवन बच्न सक्छ ।