हिमालय एअरलाइन्सको टिकट अबदेखि वेवसाइटबाट बुक गर्न सकिने भएको छ ।
हालै एअरलाइन्सले आफ्नो अनलाइन टिकट बुकिङ्ग इञ्जिन सुरू गरेको छ, जसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलको प्रयोग गरी टिकट बुकिङ्ग गर्न सक्नेछन् ।यसको लागि https://him-air.com वेवसाइटको प्रयोग गर्नुपर्छ ।
अहिले यो सेवा आफ्नो प्रारम्भिक चरणमा भएकोले कनेक्ट आइपीएस प्रयोग गर्ने ग्राहकहरूले टिकट खरीद गर्न र टिकट रद्द गर्न सक्नेछन् ।
एअरलाइन्सले ब्यागेजको पूर्व विुकिङ्ग, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता सेवाहरु आगामी चरणहरू मार्फत् सेवा सुरु गर्ने योजना बनाएको छ ।
हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, “यो कम्पनीको लागि महत्वपूर्ण उपलब्धी हो । हिमालय सधैं आफ्नो ग्राहकहरुसँग नजिकको सम्बन्ध कायम राख्न समर्पित छ र सुविधाजनक टिकट ब्राउज र बुकिङ्ग अनुभवको निम्ति यो प्लेटफर्म हाम्रो कम्पनीको लागि कोसेढुङ्गा साबित हुनेछ ।”
हिमालय एअरलाइन्स्ले अहिले १८० इकोनोमी क्लास सीट भएका तीन एअरबस् ३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमी क्लास सीट भएको एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा एअरलाइन्स्को ल्हासा लगायत दक्षिण एशियाको अन्य प्रमुख शहरहरूमा सेवा सञ्चालन गर्ने योजना छ ।