
कोरोना भाइरसका कारण विश्व नै आक्रान्त छ । कोरोना भाइरसका कारण विश्वभर ३५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने दैनिक मृत्युदर अझै बढ्दो क्रममा छ ।
संक्रमित हुनेको बाढी नै आएको छ । साढे ७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् र यो यतिमै रोकिनेवाला देखिँदैन । ३१ डिसेम्बर २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको चपेटामा २ सयभन्दा बढी देश परिसकेका छन् ।
कोरोना भाइरसको महामारी चलिरहँदा विश्वका वैज्ञानिकहरू यतिबेला पूर्ण शक्ति लगाएर यसको खोप आविष्कार गर्न जुटेका छन् । विश्वभर धेरै ठाउँमा अनुसन्धान र परीक्षण चलिरहँदा एउटा कुराको डरले पनि सताइरहेको छ । त्यो के हो भने, तेस्रो विश्वका देशका बिरामीले यो भ्याक्सिन पाउलान् ? कि धनी देशहरूले यसलाई आफ्नो लागि मात्र जम्मा गरेर बस्नेछन् ?
मलिक्युलर जेनेटिसिस्ट केट ब्राडिरिक कोभिड- १९ का लागि खोप बनाउने प्रोजेक्टमा काम गरिरहेकी छन् । विश्वभर आज कोरोना भाइरसविरुद्ध लड्ने खोप बनाउने ४४ वटा प्रोजेक्ट चलिरहेका छन् । ब्राडिरिक अमेरिकाको बायोटेक्नोलोजी कम्पनी इनोभायोको शोधकर्ताको टिममा सामेल छन् । यो टिमको उद्देश्य यस वर्षको डिसेम्बरसम्म १० लाख खोप तयार पार्नु हो ।
अहिलेका महत्वपूर्ण प्रश्न यो खोप विश्वभरीका गरिब देशहरुले पनि पाउँलान त ? भन्ने हो । यो प्रश्न आम मानिसको दिमागमा मात्र होइन स्वयम् खोप बनाउने टोलीका डाक्टर ब्राडरिकको दिमागमा पनि यहि प्रश्न आइरहेको छ ।
स्कटल्यााण्डकी ब्राडरिककी एक बहिनी बेलायतको नेशनल हेल्थ सर्भिसमा नर्स छिन् । उनले भनिन्, ‘मेरो बहिनी कोरोना भाइरस संक्रमित मानिसहरुको उपचारमा खटिएकी छन् । मलाई हरेकले यो खोप पाउछन् या पाउँदैनन् भन्ने चिन्ता छ । हामीले जसरी पनि यो खोप बनाउँनै पर्छ ।’
इनोभायोजस्ता कम्पनीको खोप धनी देशहरुले जम्मा गर्न सक्छन् । यो अरुका लागि चिन्ताको विषय हो । इपिडेमियोलोजिस्ट सेठ बर्कले पनि ‘इम्युनाइजेसन ग्याप’ को जोखिमबारे जानकारी दिइरहेका छन् । उनी ‘भ्याक्सीन अलायन्स (गाभी) का सिइओ हुन् ।
यो निजी र सरकारी क्षेत्रका संस्थाहरुमा ग्लोबल हेल्थ पार्टनरशिप हो र यसको उद्देश्य विश्वभरीका ७३ सबै भन्दा गरीब देशहरुमा खोप पु¥याउनु हो । यसको सदस्यमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पनि छ ।
बर्कले भन्छन् ‘अहिले खोप त बनेको छैन । तर पनि यो बहस गर्नुपर्छ । धनी र गरिब दुवै खाले देशमा आवश्यक परेका जनताले खोप पाउने सुनिश्चितता हुनुपर्छ । मलाई निश्चित रुपमा चिन्ता छ । कम पाइने वस्तुलाई लिएर प्राय व्यवहार खराब पाइएको छ । हामीले अहिले देखि नै यसमा काम गर्नुपर्छ ।’
‘हेपाटाइटिस बी’ को खोपकाण्ड
सेठ बर्कलेलाई यो डर त्यतिकै उत्पन्न भएको होइन । यसअघि खोपको मामलामा यस्तै घटना उनले बुझेका छन् । हालै जर्मन पत्रिका वेल्ट एम सोटेंगले वरिष्ठ सरकारी अधिकारीको भनाइ उदृत गर्दै समाचार छापेको थियो– ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मन बायोटेक्नोलोजी कम्पनी क्योरबैकले बनाउदै गरेको एक खोप अमेरिकाका लागि लैजान खोजेका थिए । तर सफल हुन सकेनन् ।’
खोपको ग्यापको सबैभन्दा ठूलो उदाहरण हो, हेपाटाइटिस बीको खोप । विश्व स्वास्थ्य संगठनका अनुसार हेपाटाइटिस बीको भाइरसका कारण कलेजोको क्यान्सर हुन सक्छ, यो एचआइभीको भन्दा ५० गुणा बढी संक्रमणकारी छ । एक अनुमानका अनुसार विश्वभरीमा २५ करोड ७ लाख मानिस २०१५ मा हेपाटाइटिस बीका बिमारी थिए ।
हेपाटाइटिस बीविरुद्धको खोप धनी देशहरुमा १९८२ मा सुरु भएको थियो । तर २००० सम्म पनि विश्वका सबै भन्दा गरीब देशहरुमा १० प्रतिशतले पनि यो खोप पाएनन् । बिल र मेलिण्डा गेट्सले २००० मा गावी संस्थाको सुरुवात गरेका थिए । यसले खोपको अन्तर कम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छ ।
दोहोरो स्तरको पहुँच
यसका लागि अर्को महत्वपूर्ण सहभागिता कोइलीशन फर एपीडेमिक प्रिपियर्डनेश इनोभेसन्स (सीइपीआई) पनि हो । यो नर्वेमा रहेको एजेन्सी हो । जसको स्थापना २०१७ मा भएको हो । यसको उद्देश्य सरकारी र
कम्पनीले भनेको छ– ‘हामी यस विश्वव्यापी संक्रामक बिमारीका लागि खोप समान तरिकाको बाँडफाँडबिना रोक्न सक्दैनौं ।’
यद्यपि, वास्तविकता अहिले पनि दुई स्तरको छ । एक उदाहरण ‘गार्डासिल’ को छ । यो खोप २००७ मा अमेरिकी कम्पनी मर्कले मानव पैपिलोमा भाइरस (एचपीभी) लाई रोक्न सकियोस् भनेर बनाएको थियो । यो खोपको प्रयोग गर्ने अनुमति अमेरिकी अधिकारीले २०१४ मा दिएका हुन् ।
एचपीभीका कारणले नै सर्भाइकल क्यान्सरको बढी घटना भएको देख्न सकिन्छ । तर २०१९ सम्म यो खोप केबल १३ गरीब देशले पाएका थिए । यसको दोषी को हो ? बढ्दो मागका कारण कम आपूर्तिका कारण हो ।
कम फाइदा हुने कारोबार
गरीब देशहरुमा यो खोपको सप्लार्ई यस्तो अवस्थामा हुन सक्दैन । जब सर्भाइकल क्यान्सरबाट हुने ८५ प्रतिशत मृत्यु विकाससील देशहरुमा हुन्छ । यस्तो किन हुन्छ भन्ने जान्नका लागि खोपको धन्दातिर ध्यान दिनुपर्ने हुन्छ । फर्मास्युटिकल इन्डस्ट्रीमा पेट पाल्ने काम खोपले गर्दैन ।
२०१८मा फार्मास्युटिकल्सको विश्व बजार १.२ लाख करोड डलरको थियो । यसमा खोपको बजार ४० अर्ब डलर थियो । यसकै अन्तरबाट खोपको आविष्कार गर्न अन्य औषधिको तुलनामा कति जोखिम हुन्छ भन्ने थाहा हुन्छ ।
खोप बनाउन धेरै अनुसन्धानको आवश्यकता पर्छ र यो काममा खर्च पनि धेरै लाग्छ । अर्को तर्फ खोपको परीक्षण पनि धेरै पकट गर्नुपर्छ । सरकारी स्वास्थ्य एजेन्सी यी खोपका ग्राहक हुन् । जुन अन्य निजी ग्राहकको तुलनामा धेरै सस्तोमा किन्छन् ।
यी कारणहरुले खोपको व्यापार अन्य औषधिको तुलनामा कम फाइदाको हुन्छ । विशेष रुपमा यस्ता खोपको विषयमा यो अन्तर धेरै बढी हुन्छ । जुन जीवनमा एक पटक मानिसलाई दिइन्छ । अमेरिकाले सन् १९६७ मा खोप बनाउने कम्पनीको संख्या २६ थियो । जब कि २००४ मा केबल ५ कम्पनी बाँकी रहेका थिए ।
अहिले पहिलाको जस्तो त छैन । प्रीभेनार जस्ता खोप कम्पनी धेरै फाइदामा छन् । यो खोपले बच्चा र युवाहरुलाई निमोनियाबाट बचाउँछ । सन् २०१९ मा प्रीभेनार विश्वमा १० सबै भन्दा बढी विक्ने औषधिमा थियो ।
गावीले गरीब देशमा प्रीवेनारको एक डोज ३ डलर भन्दा कममा बेच्छ । तर अमेरिकामा यसको एक डोजको मूल्य १ सय ८० डलर पर्छ ।
बेलायतमा एचपीवीको दुई डोज खोपको मूल्य ३ सय ५१ डलर पर्छ । तर गावीले त्यहि खोप ५ डलरमा उपलब्ध गराउछ । धनी देशमा खोपमा धेरै फाइदा हुन्छ । यसबाट अनुसन्धान र खोप बनाउन राम्रो खर्च उठ्छ । बेलायतको फार्मास्युटिकल इन्डस्ट्रीले नयाँ भ्याक्सीन बनाउन १.८ अर्ब डलर खर्च हुने अनुमान गरेको छ ।
अहिले त्यहिभएर सबैको ध्यान समान रुपमा कोरोनाको खोप वितरण हुनु पर्छ भन्नेमा छ । लन्दन स्कुल अफ हाइजीन एण्ड ट्रोपिकल मेडिसनका प्रोफेसर मार्क जिटले भनेका छन्, ‘यदि हामीले यसलाई खुल्ला बजारमा छोडिदियौं भने धनी देशका मानिसहरुले मात्र कोराना भाइरस (कोभि–१९)को खोप पाउनेछन् ।’
फाइजर र मर्क जस्ता ठूला औषधि कम्पनीहरु विश्वमा ८० प्रतिशत खोपको बिक्री वितरण गर्छन् । यस्तोमा हुनसक्छ ठूला कम्पनीहरुले कोरोना भाइरसको खोपको बिक्री वितरणमा ठूलो भूमिका निभाउने छन् । बेलायतको ग्ल्याक्सोस्मिथक्लाइन (जीएसके) ले कोरोना भाइरसको खोप बनाउनका लागि कयौं कम्पनीसँग साझेदारी गरिरहेको छ ।
एजेन्सीको सहयोगमा/ कृष्ण गिरी/ शिलापत्र