
केटीएम दैनिक । १४ चैत काठमाडौं :
धनगढीमा रहेका एक युवामा कोरोना संक्रमण भेटिएको छ ।
बैदेशिक रोजगारीको क्रममा दुबइमा रहेका ती व्यक्ति केही समयअगाडी नेपाल आएका थिए ।
उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
उनका अनुसार ती व्यक्ति चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।
दुबईबाट आएका उनी ३४ वर्षका छन्। उनको अवस्था खतरामुक्त रहेको डा देवकोटाले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले साँझ आकष्मिक ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । संक्रमित भएका सबैजना विदेशबाट नेपाल आएका व्यक्ति छन् । उनीहरुबाट नेपालमा रहेका अरु मानिसलाई कोरोना सरेको केस अहिलेसम्म बाहिर आएको छैन ।