
महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण दैनिक थपिनेहरुमा नयाँ रेकर्ड कायम गरेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओं)ले कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको हो । डब्ल्युएचओले शुक्रबार २४ घण्टामा हालसम्म पुष्टिभएकाहरु मध्येमै एकै दिनमा धेरै संक्रमित पुष्टि भएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबार विश्वभर कुल २ लाख ४० हजार ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो संख्या आजसम्मकै सबैभन्दा धेरै संख्या हो ।
पछिल्लो २४ घण्टामा थपिएका कोरोना भाइरसका संक्रमितहरुमा सबैभन्दा धेरै अमेरिका, ब्राजील, भारत लगायतका देशहरुमा रहेका छन् । जसमध्ये अमेरिकामा मात्रै ७४ हजार ९ सय भन्दा बढी ब्राजिलमा ३३ हजार ९ भन्दा बढि र भारतमा ३४ हजार ८ सय भन्दा बढी संक्रमित भेटिएका छन् ।
२ लाख ४० हजार भन्दा बढी नयाँ संक्रमित थपिँदा ५ हजार ५ सय ५५ जना व्यक्तिहरुले ज्यान गुमाएका छन् । जसमध्ये ब्राजिलमा मात्रै १ हजार १ सय १० अमेरिकामा ९ सय ४६ भारतमा ६ सय ७६ मेक्सिकोमा ६ सय ६८ जनाले ज्यान गुमाएका हुन् ।
शनिबार बिहान नेपाली समयअनुसार ११ बजेसम्मको तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमित भएका व्यक्तिको संख्या १ करोड ४१ लाख ९४ हजार ४ सय ३६ पुगेको छ भने ८४ लाख ७० हजार २ सय ७५ जनाले निको भएका छन त्यस्तै ५ लाख ९९ हजार ४ सय १७ जनाले ज्यान गुमाइसकेका छन् ।
उपचार गराइरहेका ५१ लाख २४ हजार ७ सय ४४ जना मध्ये ५९ हजार ८ सय ७२ जनाको अवस्था गम्भिर रहेको अन्तराष्ट्रिय सञ्जारमाध्यमहरुले जनाएका छन् ।