सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुल्मीको माटोले फेरि गुल्मी बोलाएको बताएकी छन् ।
लामो समय नेपाली राजनीतिमा सक्रिय रहे पनि गुल्मीलाई आफ्नो भूगोल बनाउन नपाएको गुनासो गर्दै मन्त्री झाँक्रीले आगामी निर्वाचनमा गुल्मीबाटै चुनाव लड्ने बताइन ।
नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी पाटीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उनले लामो समय गुल्मीमा रहेको राजनीति सिन्डिकेट भत्काउन सफल भएको भन्दै अब यहीँ गुल्मीबाटै निर्वाचन लडेर जनप्रतिनिधि बन्ने दाबी गरिन ।
गुल्मीको माटोमै हुर्केको चेली भएकाले गुल्मीको समृद्धिको लागी सदैव प्रयत्नशील रहने प्रतिबद्धता समेत जनाएकी छन् । केही साथीहरूले बनिबनाउ घरको नाममा दास बन्न कोसिस गरेको भन्दै उनले ती मान्छेहरू भोलि पछुताउने बताइन ।
गुल्मीमा कम्युनिस्ट पाटीले लगातार निर्वाचन जितिरहेको र सत्तामा पुगेको भए पनि यहाँको विकास निर्माण र नागरिकहरूको जीवनस्तर माथि उकास्ने उपलब्धि खासै नभएको उनको भनाइ थियो ।
एकीकृत समाजवादी पाटीको केन्द्रीय सचिव समेत रहेकी नेतृ रामकुमारीले कम्युनिस्ट आन्दोलन र समाज बदल्नका लागि एकीकृत समाजवादी पाटीको स्थापना गरेकाले यही पाटीमा सबैलाई लाग्न आग्रह गरिन् ।
मन्त्री भएपछि केही नयाँ काम गर्नुपर्नेछ भन्ने सोचेकी छु उनले भनिन् वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने हो ।झ उनले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गर्ने बताइन् ।
भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको र आगामी दिनमा पनि लड्ने उनको भनाई रहेको थियो। सहरी विकास मन्त्री झाँक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताइन् ।