सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङले नेपाली शासकले सीमा विवादबारे भारतसँग आँखा जुधाएर कुरा गर्ने साहस गुमाइसकेको टिप्पणी गरेका छन् ।
पूर्वकानुनमन्त्रीसमेत रहेका तामाङले सामाजिक सञ्जालमा दुई देशबीचको सीमा विवाद र असमान सन्धिहरूको विषयमा कुरा गर्न सक्ने नैतिक आधार कुनै न कुनै रूपमा गुमाइसकेको बताएका हुन् ।
उनले भनेका छन्, ‘नेपालका समकालीन शासक, प्रशासकहरूले छिमेकी भारतसँग आँखामा आँखा जुधाएर सम–उचाइमा बसेर दुई देशबीचको सीमा विवाद र असमान सन्धिहरूको विषयमा कुरा गर्न सक्ने नैतिक आधार कुनै न कुनै रूपमा गुमाइसकेका छन् ।’
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद देव गुरुङले नेपालको भूमि अतिक्रमणको विषयमा अन्तर्राष्ट्रिय अदालत जान सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गुरुङले भने, “नेपाल सरकारले सो जमिन फिर्ताका लागि अविलम्ब कूटनीतिक पहल गर्न पनि उनले आग्रह गरे । यो मुद्दालाई लिएर अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने हो कि भन्ने कुरा म नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।”
उनले भारतले नेपालको भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको घोषणा गरेको र केही समयअघि ३७२ वर्ग किलोमिटर भूमि अतिक्रमण गरेर नक्सा नक्सा प्रकाशित गरेको छ । भन्दै सो कार्यको भर्त्सना पनि गरे ।
“कालापानीमा भारतले सेना तैनाथ गरेको छ भारतीय शासकहरुले । त्यसकारण कालापानजी, लिपुलेक, लिम्पियाधुरा लगायतका ठाउँमा भारतले गरेको अतिक्रमण गरेकोमा घोर भर्त्सना र विरोध गर्न चाहन्छु,” गुरुङले भने ।
अबको बजेट स्वाधीनता बचाउने हुनुपर्छ : भीम रावल
नेकपाका सांसद भीम रावलले अबको बजेट स्वाधीनता बचाउने हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा प्रि बजेटमाथिकाे छलफलमा भाग लिँदै नेकपा सांसद रावलले कालापानी र लिपुलेक जस्तै अन्य सिमानामा बस्ने सुरक्षाकर्मी र त्यहाँकाे पूर्वाधार विकास गर्न सरकारलाई बजेट केन्द्रित गर्न सुझाव दिए।
त्यस्तै कोरोनापछि विदेशमा रहेका नेपालीहरु फर्कने भएकाले उनीहरुलाई काम लगाउने योजना र कोरोनाबाट परेको असरबाट अर्थतन्त्र उकास्ने बजेट आउनुपर्ने उनले टिप्पणी गरे।
संसदमा भीम रावलले राखेकाे भनाईः नेपालीहरु कोरोनाका कारण विदेशबाट नेपाल फर्कने बाध्यात्मकस्थिति आएको छ। भारतले लिम्पियाधुरा र कालापानी मिचेको छ। ती क्षेत्रहरुको सुरक्षाका लागि सार्थक पाइला चालिएको छैन। देश र जनता सुरक्षित नभई देश विकास हुँदैन।