
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक जारी छ।
लामो समयको किचलोपछि बसेको बैठकको पहिलो दिन अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मत राखेपछि सकियो। दोस्रो बैठक शुक्रबार बस्दा प्रधानमन्त्री ओली सहभागी भएनन्। अध्यक्ष दाहालको नेतृत्वमा बसेको बैठकमा नेपाल-भारत सीमा विवादमा गम्भीर छलफल भएको छ।
सीमामा तारबारको कुरा बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सीमा क्षेत्रमा तारबार लगाउन सकिने तर्क गरे।
र यो पनि पढ्नुहोस् :
कोरोनाले नेपाल भारत सीमामा तारबार लगाएर बन्द गर्ने अवसर दिएको छ : देव गुरुङ
यस्तै, बैठकमा बोल्ने अन्य नेताहरुले पनि नेपाल-भारत सीमामा तारबारसहित पर्खाल लगाउनुपर्नेमा जोड दिएका छन्।
नेकपा एक नेताका अनुसार बैठकमा सीमा क्षेत्रमा तारबार लगाउनुपर्ने कुरा नेकपा प्रमुख सचेत देव गुरुङले उठाए। नेपाल-भारत सीमा समस्या समाधानका लागि यो नै अन्तिम विकल्प भएको उनले उल्लेख गरेका थिए।
सीमानाकाबाटै कोरोना भाइरसको संक्रमणको जोखिम निम्तिएकाले कडाइ गर्नुपर्ने गुरुङले सुझाव दिएका छन् । ‘सीमामा टाइट नगरे त्यही नै हाम्रो निम्ति जोखिम र अभिशाप सावित हुनेछ,’ उनले भने, ‘तारबार लगाएर सीमा
बन्द गर्नै पर्छ ।’ त्यस्तै उनले खासखास नाका मात्र खुलाएर सीमामा पासपोर्ट र भिसा प्रणाली लागू गर्नुपर्छ भन्ने कोरोना संक्रमणको परिघटनाले सन्देश दिएको बताए ।
र यो पनि पढ्नुहोस् :
सधैँ विवाद गर्नुभन्दा भारतसँगको सिमानामा पर्खाल लगाउनु ठिक हुन्छ : नेता नेपाल
सीमा समस्या समाधानको लागि तारबार नै गर्नुपर्ने नेकपा स्थायी कमिटी सदस्य पम्फा भूसालले पनि बताएकी छन्। नेकपा अनुशासन आयोग प्रमुख अमृतकुमार बोहोराले सीमा समस्या समाधानका लागि पर्खाल लगाउनुपर्ने धारणा राखे। ‘सीमा समस्या अहिले मात्रै होइन, पहिल्यैदेखि हुँदै आएको हो,’ उनले भने, ‘त्यसलाई समाधान गर्नुको अन्तिम विकल्प नै पर्खाल हो। त्यसबारेमा सरकारले ध्यान दिनुपर्छ।’
छुटाउनु भयो कि ?
नेपाल-भारत सीमामा सरकारले पर्खाल लगाउने हिम्मत गरोस्, म एक करोड सहयोग गर्छु : पर्यटन व्यवसायी खत्री
केही समय अगाडी देखी नै नेपाल र भारतको खुल्ला सिमानामा तारवार लगाउनुपर्छ भन्दै जनस्तरबाट आवाज उठ्न थालेको छ । तर सो आवाज चियापसल र सामाजिक सञ्जालमा गफ गर्ने मेलो मात्र बनिरहेको तितो यर्थाथ हामीसामू प्रष्ट छ । नेपालमा भारतले माइक्रो म्यानेजमेन्ट गर्ने र नेताहरु दक्षिणको आशिर्वाद लिएर चल्ने आरोप लागिरहेकै बेला देशका आम नागरिकहरुको आवाज यथार्थमा परिणत हुन सकिरहेको छैन ।
कुनै कुनै नेताहरुले राष्ट्रप्रेम देखाउने हिसावले भाषणमा मात्र यी कुरा समेट्ने तर आफू पदमा पुगेपछि सबै कुरा भुल्ने नियतीले गर्दा नै सीमानाकामा तारवार लगाउने कुरा दिवा सपनामात्र भएको आम मानिसहरुको बुझाइ छ ।