प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतका ११ जनालाई पार्टीको साधारण सदस्यबाट निस्कासन गरेपछि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री आक्रोशित भएकी छिन् ।
सामाजिक सञ्जाल ट्विटरमा उनले ओलीलाई इङ्गित गर्दै बालै फरर भनेकी छिन् । उनले लेखेकी छिन्, ‘देउरालीको चौतारीमा हावा सरर बगाएर लाने भो माया तिमीलाई बालै फरर…’
११ नेता कारबाहीमा…
नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल सहित ११ जनालाईपार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको छ । प्रधानमन्त्रीको सरकारकी निवास बालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।
बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ,माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन हो ।
नेपाल र खनालमाथि पार्टी विरोधी गतिविधिमा लागेको देखि राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार बादललाई हराएको भन्दैमा निष्काशन गरिएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । कांग्रेस सभापति देउवाले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्दा माधव कुमार नेपालसहित नेकपा एमालेका २६ सांसदले हस्ताक्षर पेश गरेका थिए ।
हस्ताक्षर बुझाएका मध्ये केहीले आफ्नो हस्ताक्षर दुरुपयोग भयो भनेको र केहीले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन मात्र हस्ताक्षर गरेको बताएकोले ११ जनालाई मात्रै स्पष्टीकरण सोधिएको थियो ।
आइतबार बिहानसम्म पनि कसैबाट स्पष्टीकरण नआएपछि उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नहरने गरी निष्कासन गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन,सरला यादव,पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत छन् ।