आज नेकपा नेतृ रामकुमारी झाक्रीको जन्मदिन परेको छ । आजबाट उनी ४२ वर्षमा प्रवेश गरेकी छिन् । पछिल्लो समय केपी शर्मा ओलीलाई गाली गलौज गरेर चर्चामा आएकी छन् । माधव पक्षमा लागेकी झाक्रीसहित २६ जनाले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेपछि नेकपा एमालेले शनिबार ११ जनालई स्पष्टिकरण सोधेको छ ।
यसरी स्पष्टीकरण दिनेमा रामकुमारी झाँक्रीसमेत छिन् ।
केही महिनाअगाडी उनले गोरखाको एक कार्यक्रममा दिएको अभिव्यक्तिले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुगेको भन्दै राज्यविरुद्धको कसुरमा गिरफ्तार गरेको थियो । तर उनलाई केही घण्टापछि नै रिहा गरिएको थियो ।
को हुन् रामकुमारी झाँक्री ?
विंस २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीको रुपमा रामकुमारी झाँकीको जन्म भएको हो ।
हालै विघटन भएको प्रतिनिधिसभामा रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको समानुपातिक तर्फबाट सांसद् थिइन्। उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरेकी हुन्।
उनी विद्यार्थी राजनीति पृष्ठभूमिबाट आएकी हुन्। २०६५ सालमा तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा-महाधिवेसनबाट उनी अध्यक्ष भएकी थिइन्।
सो पदमा निर्वाचित हुने उनी पहिलो महिला बनेकी थिइन्।