सुर्खेत ।दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलतर्फ बुधबार चार खेल सम्पन्न भएका छन्। कर्णाली रङ्गशालामा भएका खेलमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश विजयी भएका छन्।
फुल कोर्ट (५×५) विधाको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२–१९ अङ्कले पराजित गरेको छ। त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशमाथि ४७–३ अङ्कको फराकिलो जित निकालेको छ।
यसैगरी, थ्री अन थ्री (३×३) विधाको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १३–८ अङ्कले हराएको छ। अर्को खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई ८–३ अङ्कले पराजित गरेको छ।
बुधबार सम्पन्न दुवै विधाका खेलमा मधेस प्रदेश पराजित भएको छ। महिला बास्केटबलतर्फ प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न भएका हुन्।