काठमाडौं । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ चाबहिल क्षेत्रबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का २६ वर्षीय सलमान तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ का २५ वर्षीय अनिश राई, ओखलढुङ्गा मोलुङ गाउँपालिका–७ का २१ वर्षीय निकेश सुनुवार र झापा गौरादह नगरपालिका–८ का २१ वर्षीय दिवश गौतम छन् ।
उनीहरूको साथबाट चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल एक हजार पाँच थान ट्याबलेट बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।