जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्णले आइतबार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा जनता समाजवादी पार्टी (जसपा) नेपालका यादवलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।