काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार यादवले आइतबार बिहान १० बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
यादव शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता यादवलाई प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।