काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा तोकिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ १९ पैसा र बिक्रीदर १८३ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४० रुपैयाँ ११ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४७ पैसा र बिक्रीदर चार रुपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ नौ पैसा कायम भएको छ ।
त्यसैगरी, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ आठ पैसा र बिक्रीदर ११ रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १८ पैसा र बिक्रीदर १५ रुपैयाँ २४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा तोकिएको छ ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८९ रुपैयाँ सात पैसा कायम भएको छ ।
त्यस्तै, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ पाँच पैसा तथा ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ पाँच पैसा निर्धारण गरिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्नेछन् । अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।