जुम्ला– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको यकिन विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट प्राप्त यकिन विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको नामावली सार्वजनिक गरेको हो।
सार्वजनिक सूचीमा समावेश भएका व्यक्तिहरू जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा निजका एकाघरका परिवारका सदस्यलाई सात दिनभित्र प्रमाणसहित दाबी पेस गर्न प्राधिकरणले आग्रह गरेको छ।