काठमाडौं । सडक डिभिजन कार्यालय इलामले मेची कोरिडोर (मदन भण्डारी राजमार्ग) अन्तर्गत निर्माणाधीन सुखानी पक्की पुलको ठेक्का तोडेको छ ।
कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै पुल निर्माणको ठेक्का सम्झौता अन्त्य गरिएको जनाएको हो ।
कार्यालयका अनुसार पुल निर्माणका लागि करिब १४ वर्ष चार महिनाअघि काठमाडौंस्थित स्काई–अजम्बर–शिवराम जेभीसँग सम्झौता भएको थियो । एक करोड ६२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको उक्त कम्पनीले २०७२ सालदेखि काम नगरी निर्माणस्थल छाडेको थियो ।
ठेकेदार कम्पनीले सम्झौताअनुसारको दायित्व पूरा नगरेपछि रुग्ण ठेक्का अन्त्य गरिएको कार्यालयले जनाएको छ । साथै, कम्पनीविरुद्ध कानुनबमोजिमका कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जानकारी दिएको छ।
