काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।
त्यस्तै, आजै अपराह्न साढे ४ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
तर, पछिल्लो दुई दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण आजका दुवै खेल प्रभावित हुने सम्भावना छ। वर्षाका कारण मैदानको अवस्था र खेल सञ्चालनमा असर पर्न सक्ने देखिएको छ।
जारी प्रतियोगितामा लुम्बिनी लायन्स र चितवन राइनोजले एक–एक खेलमा जित निकालेका छन्। विराटनगर किङ्स भने आफ्ना दुवै खेलमा पराजित भएको छ। यस्तै, सुदूरपश्चिम रोयल्सले एक खेलमा जित र अर्कोमा हार बेहोरेको छ।
