काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा कायम भएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३८ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा कायम गरिएको छ।
त्यसैगरी, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा तोकिएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ५० पैसा र बिक्रीदर चार रुपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा रहेको छ।
साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११ रुपैयाँ ४० पैसा तोकिएको छ। स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५ रुपैयाँ ५१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा कायम भएको छ।
यस्तै, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ६५ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ।
ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि विनिमयदर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइट हेर्न आग्रह गरिएको छ।