एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल को स्वास्थ्यमा समस्या आएको छ । उनको मिर्गौलामा समस्या आएको हो ।
केही महिना पहिले उनको स्वास्थ्यमा आएपछि उनी अस्पतालमा भर्ना भएका थिए । खनालको केही समय अगाडी रक्तचाप बढेका कारण अस्पतालमा भर्ना भएका थिए ।
पछि उनको स्वास्थ्य जटिल बन्दै गएपछि भारतमा चेकअपका लागि गएका थिए ।
स्वास्थ्यमा परीक्षण आएपछि खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । नयाँ दिल्लीको एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनको मिर्गौलामा गम्भिर समस्या देखिएको थियो । पार्टीका शिर्ष नेताहरूलाई यस विषयमा खनालले जानकारी गराएका छन् ।
२ महिना अघि उनी आफ्नो धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित गत माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका थिए । त्योबेला केटिएम दैनिकले लेखेको थियो ।
‘उपचारका लागि आँफै वा परिवारका सदस्य लिएर चिलगाडीमा उड्दैगर्दा, “थुक्क ! एउटा गतिलो हस्पिटल पनि आफ्नै देशमा बनाउन सकिन” भन्ने हिनताबोध हाम्रा नेताज्यूहरुका मनमा हुन्छ कि हुँदैन होला ?’
के आम नेपालीले पनि नेपालमा उपचार नपाए विदेश जान पाउँछन् । अह ! कल्पना समेत गर्न सकिँदैन । सर्वसाधारण नेपाली उपचार नपाएर नेपालै ज्यान गुमाउँछन् । कोरोना महामारी सुरु हुँदाका बखत कतिले उपचार नपाएरै ज्यान गुमाए । सायद सरकारले नै त्यसको हिसाब किताब राखेन ।
पढ्नुहोस् त्यसबारे पुरा समाचार
लाज मानी(न)मानी विदेशमा उपचार, कसरी हुन्छ स्वास्थ्यमा सुधार ?
के कारणले हुन्छ मिर्गौलाको समस्या
मिर्गौला मानव शरीरको अति महत्त्वपूर्ण अङ्ग हो । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । मिर्गौलाकै कारण हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थलाई सन्तुलित बनाएर राख्छ ।
जब मिर्गौलाको कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन ।
मिर्गौलाको जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । साथै उपचार विधी पनि महँगो हुने गर्छ । त्यसैले सम्भव भएसम्म मिर्गौलालाई स्वस्थे राख्न प्रयास गर्नुपर्छ । अतः यहाँ मिर्गौला खराब हुँदा देखिने सुरुवाती लक्षणहरू दिइएको छ ।
जब मिर्गौलामा अत्यधिक दबाब वा तनाव हुन्छ, यस्तो परिस्थितिमा मिर्गौलामा समस्या हुन्छ ।
१. उच्च रक्तचापले मिर्गौलालाई असर गर्न सक्छ । किनभने उच्च रक्तचापमा हाम्रो रक्त धमनीमा अत्यधिक दबाब पर्छ । यसले हृदय रोग निम्त्याउन सक्छ ।
२. यदि मधुमेहका रोगीले मधुमेहमा नियन्त्रण गर्न सकेन भने शरीरमा अत्यधिक ग्लुकोजको निर्माण हुन्छ । यही ग्लुकोज जम्मा हुँदा मिर्गौला हुने स-साना फिल्टरमा समस्या हुन्छ । त्यही कारण मिर्गौलाले शरीरको विषाक्त प’दार् बाहिर निकाल्न सक्दैन । फतल, मिर्गौला खराब हुनसक्छ ।
३. जब हाम्रो शरीरमा अचानक रक्त प्रवाह रोकिन्छ, त्यस्तो अवस्थामा पनि मिर्गौलाले काम गर्न छाड्छ ।
४. जब हाम्रो शरीरले मूत्र त्याग गर्न असमर्थ हुन्छ, यस्तो परिस्थितिमा पनि हाम्रो शरीरमा विषाक्त पदार्थ निर्माण हुन थाल्छ । यही कारण मिर्गौलामा अतिरिक्त भार पर्छ ।
५. मिर्गौलाको आसपास रगत जमेको छ भने पनि मिर्गौलाको कार्य प्रणालीमा नराम्रो असर पर्छ ।
६. शरीरमा कुनै पनि प्रकारका सङ्क्रमण भयो भने पनि मिर्गौलालाई असर गर्छ ।
७. विभिन्न प्रकारका एन्टिबायोटिक्स गो ली लिँदा मिर्गौलामा हानी पुग्छ ।