स्वास्थ्योपचारका लागि दुई पूर्व प्रधानमन्त्री हाल भारतको राजधानी दिल्ली पुगेका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि आइतबार भारतको राजधानी दिल्ली उडे । भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेका अनुसार पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी नयाँ दिल्ली पुगेका हुन् । पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशङ्का गरिएको छ । उनको दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचारका हुनेछ ।
उनी भारत उडेको केही दिनअघि शुक्रवार अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि उपचारका लागि दिल्ली उडेका थिए । नियमित स्वास्थ्य जाँचका लागि माघ ३० गते दिल्ली गएका खनाल नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गरेर फाल्गुन ८ गते स्वदेश फर्किए । खनाल उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रस्त रहेको बताइएको छ ।
दिल्ली पुगेपछि पूर्व प्रधानमन्त्री भट्टराईले उपचारका लागि भारत जानुपरेकोमा आफू लज्जित र दुखित रहेको भावुक प्रतिक्रिया दिए । नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिँदै गर्दा आफू लज्जित र दुःखित भए छु । २१औँ शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्टाउन नसकेर विदेशमा छु ’ सामान्य नागरिकको के होला ?’ उनले ट्विटरमा लेखेका छन् ।
धन्यवाद,@gaunkomanchhey र मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू!अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दु:खित छु।२१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु!सामान्य नागरिकको के होला? https://t.co/uRGdFbtYHv
— Baburam Bhattarai (@brb1954) February 21, 2021
उनी देशको नेतृत्व सम्हालिसकेका व्यक्ति हुन् । जसलाई उपचारका लागि भारत जानु परेकोमा लज्जा बोध भयो । यो उनी एक्लैको लज्जाको विषय हो र ? पक्कै होइन । यो नेपालकै लज्जाको विषय हो । तर यसको जिम्मेवार को हो त ? स्वयं पूर्व प्रधानमन्त्री भट्टराई पनि हुन् । किनकि उनी देशको कार्यकारी प्रमुख भइसकेका व्यक्ति हुन् । लामो समयदेखि नेपाली राजनीति र सत्ता वरिपरि रहेका मान्छे हुन् । हो यो अवस्था आउनुमा सम्पूर्ण दोष उनको मात्रै होइन ।
यसका पछाडि धेरै पात्र छन् । तर दोषको भागबन्डा गरेको खण्डमा उनको भागमा पनि केही पक्कै पर्छ । उपचारका लागि भारत पुगेका अर्का पूर्व प्रधानमन्त्री खनालको भागमा पनि केही पर्ला । त्यसपछि क्रमशः अन्य पूर्व प्रधानमन्त्री, मन्त्री, प्रशासक आदिको भागमा पनि लज्जाको भाग पर्छ नै ।
उपचारका लागि विदेश धाउने यी दुई जना पूर्व प्रधानमन्त्री मात्रै हुन् ? पक्कै होइन । अपवाद बाहेक पछिल्लो समयका अधिकांश प्रधानमन्त्री स्वास्थ्योपचारका लागि कुनै न कुनै बेला विदेश गएका छन् । प्रधानमन्त्री मात्रै होइन नेपालका विशिष्ट व्यक्तिहरू स्वास्थ्य समस्या देखिए विदेश हुइँकिहाल्छन् । स्रोत साधनमा पहुँच भएका र धनिमानीका लागि विदेशमा उपचार गर्न जानु कुन ठुलो कुरा भयो र ?
हाल जापानमा बस्दै आएका पोखराका विष्णु सुवेदी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् ‘उपचारका लागि आँफै वा परिवारका सदस्य लिएर चिलगाडीमा उड्दैगर्दा, “थुक्क ! एउटा गतिलो हस्पिटल पनि आफ्नै देशमा बनाउन सकिन” भन्ने हिनताबोध हाम्रा नेताज्यूहरुका मनमा हुन्छ कि हुँदैन होला ?’
कहिलेकाँही सोच्छु, उपचारका लागि आँफै वा परिवारका सदस्य लिएर चिलगाडीमा उड्दैगर्दा, “थुक्क ! एउटा गतिलो हस्पिटल पनि आफ्नै देशमा बनाउन सकिन” भन्ने हिनताबोध हाम्रा नेताज्यूहरुका मनमा हुन्छ कि हुँदैन होला ?
Posted by Bishnu Prasad Subedi on Sunday, January 3, 2021
के आम नेपालीले पनि नेपालमा उपचार नपाए विदेश जान पाउँछन् । अह ! कल्पना समेत गर्न सकिँदैन । सर्वसाधारण नेपाली उपचार नपाएर नेपालै ज्यान गुमाउँछन् । कोरोना महामारी सुरु हुँदाका बखत कतिले उपचार नपाएरै ज्यान गुमाए । सायद सरकारले नै त्यसको हिसाब किताब राखेन ।
प्रादेशिक अस्पताल जनकपुरधामको क्वारेनटिनमा रहेका १६ वर्षका किशोर राजु सदाले उपचार नपाएर ज्यान गुमाएका होइनन् ? सुरुमा झाडापखाला लागेका सदाले सामान्य उपचार समेत नपाएपछि ज्यान गुमाए । भारतबाट एक साता हिँडेर नेपाल आएका उनको ज्यान सामान्य उपचार पाएको भए सायद बच्थ्यो । तर त्यसो हुन सकेन । उनी सदाका लागि अस्ताए । कोभिड कालमा मात्रै उपचार नपाएर कयौँले ज्यान गुमाएका छन् ।
कोरोना भन्दै अस्पतालले उपचार गर्न नमान्दा १७ वर्षीय युवकले ज्यान गुमाए
विर्तामाेड । फुटबल खेल्दा बलले छातीमा लागेर घाइते भएका झापाको कनकाई...
मङ्गलवार, साउन २७ २०७७दुबईबाट चैत ६ मा नेपाल फर्किएका बाबुराम थापाको निमोनियाले गर्दा मृत्यु भयो । सुर्खेतको पञ्चपुरी–१ का २० वर्षीय युवक भारतमा रोजगारी गुमेपछि हजार माइल यात्रा गरेर स्वदेश फकिए । १५ दिन क्वारेनटिनको बसाइँपछि घर फर्किए । सुखी साथ परिवारसँग सँगै बस्ने उनको यात्रा घर नजिकै सकियो । मृत्युपछि कोरोना परीक्षण गर्दा उनीमा पोजेटिभ पुष्टि भयो । बाच्नलाई भारतबाट घर फर्किएका उनी मृत्युलाई जित्न सकेनन् ।
यी त सीमित प्रतिनिधि पात्र मात्रै हुन जसले उपचार नपाएर ज्यान गुमाए । कोभिड काल बाहेक अरू समयमा पनि उपचार नपाएर ज्यान गुमाउने नेपालीको सङ्ख्या उल्लेख्य छ । आर्थिक अभावले अस्पतालको मुखै नदेखी मर्नेहरू धेरै छन् । अनि, अस्पताल पुर्याएपछि पनि पैसा नहुँदा उपचार नपाएर मर्नेको सूची पनि लामै हुन आउँछ । उनीहरूको कसले लेखाजोखा राखोस् ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि डा. गोविन्द केसी १९ पटकसम्म आमरण अनसन बसे । सरकारले पटक पटक वार्ता पनि गर्यो । तर, खै त सुधार ? आम मान्छेले उपचार नपाएर ज्यान गुमाइरहेकै छन् । सरकारी अस्पतालमा चिकित्सक बस्दैनन् । चिकित्सक भए उपकरण हुँदैन । उपकरण भएका ठाउँमा चलाउने मान्छे हुँदैनन् यस्तै यस्तै ।
जनता उपचार नपाएर मर्ने, मेयरलाई सोल्टीको आइसोलेशन ?
कोरोना कालमा मात्रै उपचार नपाएर कयौं संक्रमितले ज्यान गुमाए । यसरी...
सोमबार, भदौ २९ २०७७निजी अस्पतालमा आम मान्छेले प्रवेश नै पाउँदैनन् । अनि सर्वसाधारण उपचार नपाएर मर्छन् । यो अवस्था कहिलेसम्म ? यो प्रश्न आम र साधारण भइसक्यो । नेताले विदेशमा गएर भए पनि उपचार पाएकै छन् । नेताहरू लाज मानिमानी भए पनि विदेश गएर उपचार गरेकै छन् । नेता र तिनका परिवारका सदस्य सामान्य ज्वरो आउँदा हङ्कङ र सिंगापुरको अस्पताल पुगेर पनि उपचार गरेकै छन् । आफ्नो देशमा नै अस्पताल बनाउन सकेको भए । सक्षम डाक्टर नेपालमा नै उत्पादन गर्न सकेको भए । मेडिकल माफियाहरूलाई निरुत्साहित गर्न सकेको भए उपचारका लागि नेताले किन विदेश धाउनु पर्थ्यो र ? किन लाज मान्नु पर्थ्यो ?
पैसा हुनेले निजीमा पनि उपचार गरेकै छन् । कसका लागि गर्ने स्वास्थ्यमा सुधार ? किन बनाउने सरकारी अस्पताल ? भूइँमान्छेका बारेमा सोच्ने कसलाई छ ? नेपालका अधिकांश नेतालाई उपचारका लागि बाहिर जान पर्ने अवस्था अन्त्य नभएसम्म नेपालमा उपचारको क्षेत्रमा उल्लेख्य प्रगतिको कल्पना पनि गर्न सकिँदैन ।