
काठमाडौं । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा जुम्ला र कालिकोट जिल्लामा सम्पन्न विभिन्न आँखा शिविर मार्फत २१० जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
विभिन्न पालिकाका ९८६ जना बिरामीको आँखा परीक्षण गर्दा २१० जनामा मोतियाबिन्दुको समस्या देखिएको हो । मोतियाबिन्दु देखिएका सबै बिरामीको नेपाल नेत्रज्योति संघ, एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली, आई केयर फाउन्डेसन र रिड्ली फाउन्डेसनको आर्थिक सहयोगमा निःशुल्क शल्यक्रिया गरिएको हो ।
असोज ११ गतेदेखि १४ गतेसम्म नेपाल नेत्रज्योति संघ जिल्ला शाखा जुम्लाको आयोजनामा जुम्लाको खलङ्गामामा सञ्चालन गरिएको शिविरमा ९० जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने ४ सय ११ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

त्यस्तै असोज १५ गतेदेखि १७ गतेसम्म जुम्लाको हिमा गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा ४३ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने ३ सय ५० जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।
त्यसैगरी असोज २० र २१ गते कालिकोटको पलाँता गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा ७७ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने २ सय २५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोही पनि अन्धोपनमा जीवन बिताउन नपरोस् भन्ने हेतुले पछिल्लो समय हुने सँग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानीय सरकार सँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ ।
१ ) मोतियाविन्दु भएमा आँखाको दृष्टि कम हुन्छ र चश्मा लगाउनेहरुको पावर फरक हुन्छ्र । कसैकसैलाई टाढा हेर्न गार्हो हुनेतर नजिक देख्न सजिलो हुन्छ भने कसैकसैलाई नजिक देख्न गार्हो हुने तर टाढा देख्न सजिलो हुन्छ्र । यो मोतियाबिन्दुको प्रकार अनुसार फरक पर्छ । नजिक देख्नको लागि चश्मा प्रयोग गरि राख्नु भएको छ भने चश्मा बिनानै पनि तपाईलाई राम्ररी देखेको अनुभूति हुन्छ जुन क्षणिक सुधार मात्रै हो । यस्तो हुनुको कारण मोतियाबिन्दु हो र केही दिनमै फेरी देख्नमा कठिनाई हुन्छ ।
२ ) राती सवारी साधन चलाउन गार्हो हुन्छ र सवारी साधनको प्रकाशले आँखा ट्वाल्ल बनाउँछ ।
३ ) इन्द्रेणी रंग देखिन सक्छ ।
समयमा उपचार नगरेको खण्डमा मोतियाबिन्दु पाक्न सक्छ । जलबिन्दु तथा युभैटिस, आँखाको लेन्स ठाउँबाट सर्न वा खसेर आँखाको पछाडी भागमा जाने जस्ता समस्या हुनसक्छ । जसका कारण समय र पैसा दुवै धेरै खर्च हुने भएकाले समय मै उपचार गर्नु बुद्धिमानी हुन्छ ।