धनगढी । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५ असोजदेखि समानान्तर महाधिवेशनको तयारीमा जुटिरहेका बेला देउवाको गृहजिल्ला डडेलधुरामा भने आज सबै वडामा अधिवेशन हुने भएको छ।
जिल्ला सभापति भीमबहादुर साउँदले जिल्लाका सातवटै पालिकाका ५२ वडामा अधिवेशनको तयारी पूरा भएको जानकारी दिएका छन्।
उनका अनुसार शनिबार कुनै पनि वडामा अधिवेशन हुन सकेको थिएन। आज भने सबै ५२ वटै वडामा अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ।
साउँदले केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार वडा अधिवेशन गर्न जिल्ला कार्यसमितिले मातहतका समितिलाई निर्देशन दिएको बताए।
डडेलधुरामा सात स्थानीय तह र ५२ वडा रहेका छन्।