काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न भोलि (१३ साउन) का लागि केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक बुधबार बिहान ८:३० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ।
वरिष्ठ नेता श्रेष्ठको मंगलबार हेलिस अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिनेछ। त्यसपछि पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको दुलालले जानकारी दिए।