काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले असोज १७ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेका हुन्।
बैठक असोज १७ गते दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय चमतीस्थित घण्टीघरमा बस्ने तय भएको छ।
रास्वपा महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकको कार्यसूची तय गर्ने काम भइरहेको छ। बैठकमा छलफल हुने विषय भने अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
बैठकमा पार्टीका पछिल्ला राजनीतिक गतिविधि, समसामयिक विषय तथा संगठनसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।