लमजुङ । बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले आज बेलुका ७ बजेदेखि असोज १२ गते बिहान ६ बजेसम्म उक्त सडक खण्डमा राति सवारीसाधन चलाउन नपाइने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार भारी वर्षाका कारण बाढीपहिरोको जोखिम बढ्न सक्ने भएकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो ।
उनले सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय विपद् पूर्वतयारीमा जुटिरहेको जानकारी दिए ।