अंपाङ्ग विश्व साइकलयात्री चित्र पौडेलले साइकल व्यवसाय सुरु गर्ने भएका छन् ।
काठमाडौं, झापाको विर्तामोड र इलाममा तीनवटा शाखा खोल्ने उनले बताए ।
उक्त साइकल पसलमा विश्ववमा नाम चलेका विभिन्न ब्रान्डहरुका साइकलहरु उपलव्ध हुनेछन् ।
ललितपुरको खुमलटारमा पहिलो शाखा छिट्टैनै खुल्ने र त्यसपछि अन्य शाखाहरु खोल्ने चित्र पौडेलले केटिएम दैनिकलाई बताए ।
२०५९ सालमा साइकलबाट नेपाल यात्रा सुरु गरेका पौडेलले अहिलेसम्म ८० वटा देशहरुमा साइकल लिएर पुगिसकेका छन् । उनलाई नेपाल सरकारले युवा राष्ट्रिय प्रतिभा सम्मान २०७१ ले सम्मानित समेत गरेको छ ।
देशका विभिन्न स्थानमा रहेका अपाङ्गहरुको लुकेर रहेको प्रतिभालाई उजागार गर्दै वार्षिक रुपमा अपाङ्ग प्रतिभा सञ्चालन गर्दै आइरहेका छन् ।