चितवन । चितवनको बूढी राप्ती खोलामा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ निवासी ४० वर्षीय राजाराम ढकालको आज दिउँसो खोलामा डुबेर मृत्यु भएको हो।
डुबेका ढकाललाई स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा अपराह्न उनको मृत्यु भएको प्रहरीले जनाएको छ।