
काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राति ८ बजे राष्ट्रलाई सम्बोधन गर्ने भएका छन् ।
पाकिस्तानविरुद्ध भारतको सैन्य कारबाही पछि प्रधानमन्त्री मोदीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधनगर्न लागेका हुन् ।
शनिबार भारत र पाकिस्तानबीच युद्धविराम भएपछि, प्रधानमन्त्री मोदीले आज राति गर्ने सम्बोधनलाई धेरै महत्त्वपूर्ण मानिएको छ ।
यस क्रममा प्रधानमन्त्री मोदीले ‘अपरेशन सिन्दूर’ र त्यसपछिका घटनाक्रमहरूको बारेमा बताउने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।