नेपाल प्रिमियर लिग (एनपीएल)को सबैभन्दा महंगो टोलीसँगै क्रिकेटलाई संगीतसँग जोड्ने फ्रेन्चाइज टोली हो पोखरा एभेन्जर्स। यो टोलीको नाममा एनपीएल सिजन १ र २ मा जोडिएको छ, दुई सिजनमा प्लेअफमा नपुग्ने एकमात्र टोली।
नेपाली राष्ट्रिय टोलीका ओपनरका रूपमा परिचित कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा एभेन्जर्सका लागि एनपीएलका दुई सिजन नै उपलब्धिमूलक भने रहेनन्।
विगतको भन्दा अझै राम्रो प्रदर्शन गर्ने तयारीसाथ लागेको पोखरा एभेन्जर्स गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने एनपीएल टोली हो । एनपीएलका ८ टीममध्ये सबैजसोले नेपालका सातवटा प्रदेशको प्रतिनिधित्व गर्छन् । विराटनगर किङ्सले कोशी प्रदेश, कर्णाली याक्सले कर्णाली प्रदेश, जनकपुर बोल्ट्सले मधेस प्रदेश, सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिम प्रदेश, लुम्बिनी लायन्सले लुम्बिनी प्रदेश, चितवन राइनोज र काठमाडौं गोर्खाजले बागमती प्रदेशको प्रतिनिधित्व गर्छन्। नेपालका ७ प्रदेशमध्ये ६ प्रदेशबाट १-१ क्रिकेट टीम छन् भने बागमती प्रदेशबाट काठमाडौं गोर्खाज र चितवन राइनोज गरी दुईवटा टीम रहेका छन्।
पोखरा एभेन्जर्सले आफ्ना फ्यानहरूलाई क्रिकेटसँगै सांगितिक कन्सर्टमार्फत जोड्ने गरेको छ। यसले पोखरामा सांगितिक कार्यक्रम नै गर्दै आएको छ। त्यस्तै, ठूला पर्दामा एनपीएल देखाउन ‘फ्यान जोन’ पनि बनाएको छ। त्यस्तै, जलवायु परिवर्तनले नेपालका हिमाल र हिमनदी पग्लिने गरेको सम्बन्धमा पनि पोखरा एभेन्जर्सले जनचेतना जगाउने र यो विश्वव्यापी समस्या हो भन्ने कुरा क्रिकेटमार्फत विश्वको ध्यानाकर्षण गराउने अभियान पनि चलाएको छ, ‘ग्लासियर्स म्याटर्स’ भनेर । ‘स्प्रिट अफ गण्डकी’ भनेर चिनाउँदै आएको पोखरा एभेन्जर्सले सामाजिक संजालमा आफ्नो टीमको नामसँगै ह्यासट्याग ‘ग्लासियर्स म्याटर्स’ भनेर लेखेर जनचेतना जगाउन थालेको छ ।
- सुवोध त्रिपाठी – अध्यक्ष
- मनोबल श्रेष्ठ – प्रबन्ध निर्देशक
- अजन्था मेन्डिस – मुख्य प्रशिक्षक
- रिजन प्रजु – सहायक प्रशिक्षक
कुशल भुर्तेल – कप्तान, मार्की प्लेयर र अलराउन्डर
अर्जुन कुमाल – विकेटकिपर, ब्याटर
सागर ढकाल – बलर
शाकिब अल हसन – अलराउन्डर
धनन्जय लक्षण – अलराउन्डर
चमिका करुणारत्ने – अलराउन्डर बलर
मेहदी हसन – अरलाउन्डर
मोहम्मद सैफुद्दिन – अलराउन्डर बलर
आकाश चन्द – बलर
विपिन खत्री – अलराउन्डर
दिनेश खरेल – अलराउन्डर
अर्जुन घर्ती – विकेटकिपर, ब्याटर
सुदीप अर्याल – बलर
विवेक रानामगर – ब्याटर
किरण ठगुन्ना – ब्याटर
सन्नी विक – अलराउन्डर
प्रतिक पोखरेल – बलर
विपिन आचार्य – अलराउन्डर
एनपीएल टीम प्रोफाइलहरू तलको लिंकमा गएर पढ्नुहोस्-