काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयवस्तु तथा आपसी चासोका विविध विषयमा छलफल भएको बताइएको छ।
भेटमा राप्रपा अध्यक्ष लिङदेनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य खुस्बु ओलीको समेत सहभागिता रहेको थियो।
प्रधानमन्त्री शाह र राप्रपा नेतृत्वबीच भएको यो भेटलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल, समझदारी र समन्वयको प्रयासका रूपमा हेरिएको छ।