नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप १० जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५ हजार ३०९ जनाको नमूना परिक्षण गर्दा २९६ पुरुष र १९२ महिलासहित ४८८ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ । कूल संक्रमितमध्ये ९७ दशमलव ६ प्रतिशत अर्थात २ लाख ५८ हजार ९६८ जना भाइरसमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ५२७ जना भाइरसमुक्त भएका हुन् ।
अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार ९२७ पुगेको छ ।
अहिलेसम्म १९ लाख ८७ हजार ५५५ जनाको परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ । तीमध्ये गम्भिर प्रकृतिका १६३ जनाको आईसीयू र ३७ जनाको भेन्टीलेटरमा उपचार भैरहेको बताइएको छ ।
आज काठमाडौं उपत्यकामा तीन जिल्लामा १८५ पुरुष र १२९ महिलागरी कूल ३१४ जनामा भाइरसको संक्रमण पाइएको छ ।