काठमाडौँ । बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ७.१९ अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २६९८.३४ विन्दुमा अडिएको छ।
५९ वटा स्क्रिप्सको ३० हजार ६९९ कित्ता सेयर २५ लाख १७ हजार ७६ रुपैयाँमा खरिदबिक्री भएको छ भने कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घटेको छ ।
२ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।