काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले विश्वकप निःशुल्क हेर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा सांसद प्रमेश हमालले सबैको चासोको विषय भएको भन्दै ९९९ रुपैयाँ लिने व्यवस्था हटाउनुपर्ने बताए।
उनले भने,‘कयौँ मान्छेहरू व्यग्र हुँदाहुँदै पनि आफ्नो पहुँच पुर्याउन सकिरहेका छैनन्। अब त पुग्यो होला नि उठाउन, आम्दानी भइसक्यो होला। त्यसले सरकारले आफ्नो टेलिभिजन च्यानल मार्फत यसलाई निःशुल्क उपलब्ध गराउन तथा यो सेवा प्रदायकहरूलाई पनि ध्यानाकर्षण गराइयोस्।