काठमाडौँ । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १०.७४ अंकले बढेर २७२२.५१ विन्दुमा अडिएको छ।
प्रि-ओपन सेसनमा ५७ वटा स्क्रिप्सको ३९ हजार ७८७ कित्ता सेयर २ करोड ११ लाख २० हजार ३०४ रुपैयाँमा खरिदबिक्री भएको छ भने कारोबारमा आएकामध्ये ३० वटा स्टक्सको मूल्य बढ्दा २५ वटाको घटेको छ ।