काठमाडौँ । मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
दोस्रो खेलमा नेपाली महिला टोलीले इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको हो।
इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्दै महत्वपूर्ण जित हासिल गरेको हो। लगातार दुई जितसँगै नेपाल अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको छ।