काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ गतेदेखी लागु गर्न निर्देशन दिएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले आज एक सूचना जारी गर्दै देशभरका सम्पूर्ण शिक्षा विकास तथा समन्वय एकाइहरूलाई यसको जानकारी गराएको हो।
माध्यमिक शिक्षा परीक्षा २०८२ को नतिजा सार्वजनिक भइसकेकाले कक्षा ११ को नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेदेखि सुरु गर्ने गरी तयारी गर्न मन्त्रालयले पत्र लेखेको थियो। केन्द्रले मातहतका सबै निकायलाई निर्देशन दिएको छ।
