काठमाडौं जिल्ला क्रिकेट संघद्वारा सञ्चालित २ दिने “O” लेभल क्रिकेट कोचिङ कोर्स सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कोर्समा २० जना प्रशिक्षार्थी दीक्षित हुनु भएको थियो, जसमा १८ जना पुरुष तथा २ जना महिलाको सहभागिता रहेको थियो।
यस कोर्सलाई ट्युटोरियल पूर्व राष्ट्रिय खेलाडी दीपेन्द्र चौधरी ले सञ्चालन गर्नु भएको थियो। उहाँसँग पूर्व राष्ट्रिय खेलाडी सोनु तामाङ, अम्पायर रबीन्द्र गुप्ता तथा एनालिस्ट रवि थापा ले सहजीकरण गर्नु भएको थियो।
समापन समारोहमा काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घले तथा सचिव किरण शम्सेर ज.ब.रा ले सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नु भयो। 🏏


