काठमाडौं –आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले ५९ बलमा अर्धशतक पूरा गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा उनले यूएईविरुद्ध ५९ बलमा अर्धशतक बनाएका हुन्। उनले ४ चौका १ छक्का प्रहार गरे। एकदिवसीयमा उनको यो छैटौं अर्धशतक हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ताजा अवस्थामा ४१.१ ओभरमा ७ विकेटको क्षतिमा १७५ रन जोडेको छ।